Day with love © उपन्यास को पान्डुलिपी

खाना संगै खाने है त । निस्किनु भन्दा अगि मैले कल गरे । तीन बजे उसको आएल्स को क्लास । उ संग को भेटघाट दैनिकी जस्स्तो भइरहेको थियो । म काठमाण्डु थिइन भने उ धुलिखेल आउथी । पहिले मन नपर्ने उ बिस्तारै उसको आदत पेरिसकेको थियो । अनामनगर भेटघाट रेस्टुरेन्ट पुगेर फेरी कल गरे । भिजेको कपाल नसुक्दै आइपुगिहाली ।आउने बित्तिकै उस्को बच्चा पन सुरु हुन्थियो । छाती मा टासिएर बस्नु , साना कुरालाई बच्चाले जस्तै उत्तर दिनु उसको बिशेसता । आज पनि छातिमा टासिएकी थि । कपाल बाट भिजेको स्याम्पु मेरो नाक सम्म पुगेको थियो ।

म अब जादै छु गोरु ! एकाएक मौनाता छायो । म सबै काम छाडेर एक बर्ष को लागी बहिर जाने निधो गरेको थिए । मलाई तिमि जाने भन्दा पनि जाने दिन सम्झेर दुखी छु । आखा भरी आसु पारेर छाती मा मुक्का हान्दै भनी । वातावरण मौनता छायो ।

जानु अघी पोखरा जानु थियो । मैले म आज पोखरामा दाइ भेट्न जान्छु । मौनता लाई छिचोल्दै भने । म पनि जान्छु तिमि सँग । छाती मा टासिएको उसले रुन्चे अनुहार मेरो मुख मा पुलुक्क हेर्दै भनी । अनि क्लास ? म पढ्छु अन्लाईन । छाती बाहिर निकालेर उस्ले भनी । अनि घरमा के भन्छौ त । होस्टल मा बस्ने उ आखा सन्काउदै भ नी । म मिलाई हाल्छु नि । होस्टल मा पल्लवीको मा बस्ने खबर गरेर हामी पोखरा जाने भैयो । मैले टिकेट र लेक साइडको होटल बुक गरे दुइ वटा खाट भएको । तीन बजे उसको क्लास थियो । त्यो अगि नै हामी पोखरा पुगिसक्थियौ ।

© उपन्यास को पान्डुलिपी -Janak Khadka

#missionJME#nobel#coffeetimewiithzanak

Leave A Comment

Recommended Posts