घर कहाँ हो तपाईं को ?
काठमान्डु पोखरा धनगढी र काभ्रे ।
उत्तर सुनेर हास्नु बहेक म सँग कुनै उत्तर थिएन । उसो त कुनै नयाँ वा कोही साथी भेटियो भने हस्पिटल देखी पसल समेत रहेको भन्न भ्यौथी । ममी को मामा को घर काठमान्डु, सानिमा को घर हेम्जा अनि कैलाली मा आफ्नो घर । कोही सँग को पहिलो भेट मा सिधै घुलमिल भइ आफु र आफ्नो परिवार को सबै बढाइ चढाइ गफ लगाइसक्थी । बिहे गरेको १ बर्ष सकिदा सम्म पनी यो उसको बानि हटेन ।
समय बित्दै गयो । अब उसमा यो सबै माथी घमन्ड पनी हुन थलिसकेको थियो । हुन त बिहान दश बजे देखी छ बजे सम्म को काम दिन भर को थकाइ । भागेर बिहे गरेको हामी पारिवारिक प्रश्न लाई झेल्न नसकेर बिदेशिएका थियौ । तर उस्को परिवार लाई हामी यु ए इ आएको मन परेको थिएन ।
तर हामी आफ्नै ब्यबसाय गर्ने तयारी मा थियौ । खाडी लाई हेर्ने नजर आखिर जे गरेनी कस्ले छेक्न सक्थियो र !
बिदेशिनु हाम्रो बाध्यता थिएन । न त हामिलाइ कसै को कर । उ हरेक परिस्थिति लुकाउन चाहान्थी । र त्या बाट भाग्न खोज्थी । अब हाम्रो झगडा सुरु हुन थाल्यो।
उपन्यास – janak khadka
