पार्कभरि छरिएका चेरी ब्लस्मका पातहरू, र हल्का सुन्तले रङको आकाश। त्यही पार्कको एक कुनामा म र साओरी गहिरो कुराकानीमा थियौं, संसारका आवाजहरू हामीबाट टाढा जस्तै लागिरहेको थियो।
“Do you always travel alone?” साओरीले मन्द स्वरमा सोधिन्।
“अलिकति स्वतन्त्रता मन पर्छ मलाई,” मैले भनें, “तर कहिलेकाहीँ यस्तो लाग्छ—एक्लो स्वतन्त्रता, मनको तृष्णा मात्रै हो।”
साओरी मुस्काइन्। हावा चल्यो, उनको कपाल अनुहारमा हल्का छोपिँदा उनले कुमको झोलाबाट रबरब्यान्ड झिकिन् र कपाल बाँध्दै भनी, “Perhaps you were just waiting to meet someone worth traveling with.”
म त्यस क्षण केही बोल्न सकिन। हरेक शब्दभन्दा गहिरो थियो उसको त्यो एक वाक्य।
हामी पार्कभित्रै हिँडिरह्यौं—पातहरूमाथि टेक्दा आवाज आउँथ्यो, त्यही आवाजले हामीलाई संसारसँग अझ जोडिदिन्थ्यो। हाम्रो बीच कुराकानी निरन्तर थियो—जीवन, प्रेम, मानिसहरूको संस्कृति, र सपनाहरू।
“तिमी कहिले नेपाल फर्कने?” उसले अचानक सोधिन्।
“चाँडै। तर यो शहर, अनि तिमी, सजिलै भुलिने छैनौ,” मैले भनें।
उसको आँखा केही बेर रोकिए, मेरो अनुहारमा।
उसले हल्का झुक्दै भनिन्, “Japanese girls are open-minded. But not everyone wants love—some want thrill.”
मैले हाँस्दै भनेँ, “You seem like someone who knows both.”
“Maybe,” उसले आँखामा आँखा जुधाउँदै भनिन्, “Or maybe I just want a Nepali guy to tell me what love actually means.”
त्यसपछि उसले मसँग खुलेर कुरा गर्न थाली। जापानका युवाहरू डेटिंग एप्समा कसरी समय बिताउँछन्, कतिले escort सेवा प्रयोग गर्छन्, कतिले “rent-a-girlfriend” कल्चरलाई स्वाभाविक मान्छन्—सबै कुरा।
“Some girls here wear short skirts, deep neck tops, but that doesn’t mean they’re easy,” उसले भनिन्, “It’s confidence, not invitation. But yes, some do play games.”
बेलुकी पर्न थालिसकेको थियो। पार्कको उज्यालो मधुर भएको थियो। हामी नजिकैको एउटा सानो क्याफेमा गयौं—ग्लासको झ्यालबाट बाहिरको सडक देखिने, भित्र मन्द jazz संगीत, अनि सानो मेनु जसमा विशेष प्रेम मिसिएको कफीहरू।
“Latte?” उसले सोधी।
“I’m not loving anymore.” मैले हाँस्दै भनेँ।
हामी टेबलमा बस्यौं। कफी आइपुग्यो—उसले चुस्की लिँदै भने, “साँच्चै भन्नु, तिमी कति ठाउँ पुग्यौ? कुनै ठाउँ जहाँ प्रेम महसुस गर्यौ?”
मैले टेबलमा औंला चलाउँदै भनें, “ रेगिस्तान, where the silence speaks… र जर्जिया को टिबिलिसि, जहाँ साँझ प्रेमलाई गीतजस्तै सुनिन्छ। तर आज… म यहीँ छु। टोकियोमा। तिमी सँग।”
साओरी मौन भइन। उनका आँखा गहिरा लाग्न थाले—एक किसिमको आत्मीय मौनता थियो त्यो, जसले भनेको थियो, “तिमीले बुझ्यौ…”
“Do you believe in love at first evening?” उनले एकाएक सोधिन्।
“Only if the evening comes with sakura, jazz, and your smile,” मैले भनें।
त्यो संवाद सामान्य थिएन। त्यो आत्मा-स्पर्श थियो।
हामी बाहिर निस्कियौं—सडकमा युवाहरूका फेसन देखिँदै थिए—रङीचङ्गी कपाल, लिपस्टिकले भरिएका ओठ, टाइट ड्रेस र सुकिलो लुक। “Tokyo is sexy, and young people are wild,” साओरीले भनिन्, “But we’re also lonely. So we flirt. We touch. We test.”
र त्यसैबीच उसले मेरो हात समातिन्। चिसो रातमा उसको तातो स्पर्श। म थोरै झस्कें, उसले हाँस्दै भनिन्, “Don’t worry, I’m not going to steal your heart… unless you leave it unguarded.”
हामी शिबुया क्रसिङ्ग पुग्यौं—बत्तिहरू चम्किरहेका, सयौं मानिसहरू बीचबाट हामी दुईजना हिँडिरहेका। त्यो भिडमा पनि हाम्रो मौनता धेरै नजिक थियो।
त्यो क्षण हाम्रो बीच केवल नजरहरू थिए—कसैले केही बोलेन, तर हाम्रो शरीरको बानी–ब्यवहार, आँखाले गहिरो कुराकानी गरिरहेका थिए।
त्यो रात, साओरी मलाई जापानमात्र देखाइरहेकी थिईनन्—उनी मलाई जापानी आत्मा, युवाहरूको भाव, अनि प्रेम र स्पर्शबीचको रेखा देखाइरहेकी थिईन्।
हाम्रो चाल बिस्तारै ढिलो हुँदै गयो। हामी अब शान्त गल्लीमा थियौं। उनले अचानक फुसफुसाउँदै भनिन्, “कहिलेकाहीँ म escort बन्नेहरूलाई दोष दिन सक्दिन। उनीहरू जीवन बिताइरहेका हुन्छन्, आफ्नो तरिकाले। तर, म भने भावनाविना कसैको छातीमा टाउको राख्न सक्दिन।”
उनको बोली सुन्दा म केही बेर मौन भएँ। मनभित्र केही चल्यो—कसैको साहस, सत्यता र कमजोरी सबै एउटै वाक्यमा।
“तिमी चाहन्छ्यौ,” उनले मलाई हेरेर भनिन्, “कोही तिमीलाई बिना शर्त बुझोस्, हैन?”
मैले टोलाउँदै भनेँ, “शायद, कोही जसले प्रश्न नगरी साथ देओस्… तर जसले गहिरो उत्तर खोजिरहेकी होस्।”
साओरी विस्तारै मेरो नजिक आइन्। सडक शान्त थियो, केवल टाढाबाट बुलेट ट्रेनको आवाज सुनिन्थ्यो। उनले बिस्तारै मेरो हात समाइन्, “तिमी युरोप गइसकेको छौ हैन? के त्यहाँ प्रेम सजिलो छ?”
मैले एक छिन सोचें, “युरोपमा स्वतन्त्रता धेरै छ। सम्बन्धहरू खुला छन्, तर गहिरो कम। जापानमा न्यानोपन ढिलो आउँछ, तर आउँछ भने गहिरो हुन्छ।”
साओरीको आँखा चम्कियो, “के म तिमीलाई त्यो गहिरोपन देखाउन सक्छु?”
र त्यो क्षण… न त कफी थियो, न त पार्क। केवल हामी थियौं—टोकियोको रातभित्र, दोधारमा अलमलिएका दुई आत्माहरू।
त्यो रात हामी टाढासम्म हिँड्यौं। टोकियो टावर टाढाबाट हेरिँदै थियो, हामी नजिकबाट एकअर्काको मन पढ्दै थियौं।
