घोडा तबेला बाट क्यान्जिंग गुम्बा सम्म पुग्न आठ घण्टा लाग्यो। बाटो मा भेटिने पर्यटक र बटुवा आफ्नै गतिमा हिडिरहेका थिए। माथि हिमाल, सानो बस्ति, तर म मा गन्तब्य थिएन। लाङ्गटाङ्ग को अन्तिम बस्ति, अब यहाँ भन्दा मेरो गन्तब्य हुन सक्दैन। मेरो जीवन जस्तै, पुग्ने त उचाइ मा हो परिस्थिति ले कहा पुर्याउछ थाहा छैन।
चिसो हावा, सानो गाउ र पुर्णिमा को रात मा चारै तिर चम्किएको हिमाल, नरमाउने को नै हुन्छ होला र ! तर प्रकृति को मज्जा लिन पनि मन सान्त हुनु पर्ने। मन भरि बोझ छ भने न्युयोर्क क्याफे को कफी पनि खल्लो हुने त हो। मान्छे जास्तो परिस्थिति छ उसको सोच्ने र रमाउने क्षमता पनि उस्तै हुने। रात यसै गरि बित्यो त भोक त न निद्रा।
बिहान सेर्गो हिमाल चढ्ने टोलि को लस्कर लाग्न थाल्यो। कालो कोट र जिन्सको पाइण्ट भन्दा म संग चिसो छल्न सक्ने कुनै कपडा थिएन।
सर लाइ कफी कि चिया ?
साधारण प्रश्न भएनी मेरो लागि पहाड हो। आज सम्म जे भाको थियो, दोष मेरो भएनी साथी कफी थियो। जति भाग्दा पनि नछोडेको साथ। जीवनको माया, घिणा र साथ को सहयात्री।
कफी ल्याइदिम ? बोलि फ़ुटिरहेको थिएन टाउको हल्लाए।

कफीले जोडेको सम्बन्धको लगभग अन्त्य हुने स्थिथिति थियो। मन स्थिर छैन। सेर्गो तिर बटुवा को पछि लागे।
चारै तिर हिमाल, तल बगर अनि हिउ पग्लेर बनेका खोल्छा। उचाइ अझै बाकि छ। आफ्ना पहिला हरु छापिरहेछु। अब मेरा बाटोहरु यस्तै कठिन हुनेछ। ति उकाली हरु ले गिज्याइ रहेछन। मोबाइल हेर्छु मध्यान भैसकेछ। अझै १ हजार मिटर उचाइ छ। तर म मा साहस छैन। अब मलाई एक्लै चुचुरो मा पुग्नु छैन। ज्यान गलेर बामे सर्ने भैसक्यो। म रोकिए, जसरि म मेरो जीवन र सम्बन्ध रोकिएको थियो। यस्तै सुनसान पहाड को बिचमा।
© उपन्यास को पान्डुलिपी
