मेरो उपन्यास को पान्डुलिपी- Janak Khadka

रात भरी निद्रा लागेन । बिहान नेपालगन्ज देखी काठमान्डु सम्म को फ्लाइट । बजार पुरै हुस्सु लागेको थियो । सोच्दा सोच्दै समय गैसकेछ । एयरर्पोर्ट को लागि हतारिए । नेपाल को फ्लाईट डिले भाईहाल्छ नि । फेरी उस्कै याद आइ रहेको थियो । मन पनि तेस्तै त हो । जसलाई नसम्झिम भन्यो । हजार बार उस्कै याद ले घोची रहने । हामी छुटिएको जम्मा दुई दिन त भको थियो । म के गरिरहेको थिए मलाई नै थाहा थिएन ।

कोरोना को लकडाउन ले समय बिताउन गाह्रो भएको थियो । दैनिकी क्लबहाउस मा बहस गरेर गैरहेको थियो । हरेक दिन जसो पचास साठि जना नयाँ साथी सँग कुरा भाईरहेको हुन्थियो । कुन समय मा उ सँग कुरा भयो याद छैन । क्लबहाउसमा हामीहरुको बहस हुने थियो । सबै भलाद्मी को बिच मा उ छुटै थि । बोलिरहेको बिच मा रोक्नु, आउने बित्तिकै मोडिरेटर माग्नु, र बिच मा आफ्नो धारणा राख्नु उसको लागि सामान्य थियो। मानौ को बोलिरहेको छ के भइरहेको छ । उसको मतलब को कुरा भएन । हामी सबै को टाउको दुखाइ को बिषय थियो ।

दिन हरु बित्दै गए । हामी आवाज को दुनियाँ बाट भेटघाट को माहोल मिल्यो । पहिलो पटक उ मात्र केटी थि जो मलाई भेट्न धुलिखेल सम्म आइ । पहिलो पटक को भेट भए पनि उसको कुनै कृयाकलाप पहिलो जस्तो थिएन । पछी मलाई उसको यो बानी मन परेन । भेट मा हाम्रो कफी छुटेन । कफी टाइम विथ जनक क्लब हाउस को मेरो चिनारी । ग्रुप को सबै मेम्बर सँग भेट घाट बाक्लो हुन थाल्यो । उ हरेक भेट मा म सँग चल्ने गर्थी बच्चा जस्तै ।

मेरो उपन्यास को पान्डुलिपी- Janak Khadka

Leave A Comment

Recommended Posts