तिमी सङ हुँदा मैले धेरै सिकेको छु । माया को अर्थ सिकेको छु । जिवन मा नभोगेको नयाँ अध्याय सुरु गरेको छु । सायद मेरो सफलता तिमीलाई मानिसकेको थिए । म सँग भएको सबै तिमी लाई नै सुम्पिसकेको थिए । कुरै कुरा मा भनेको थिए । मेरो इतिश्री सबै माग्छे भनेर । साच्चै तिमी मेरो सबै थोक बनेर देखाइदियौ र सकाइदियौ । म भित्र को कम्जोरी तिमी जिवन मा आए देखी मात्र चिन्ने मौका पाए । कमाउनु पर्छ मात्र भन्ने म रेस्टुरन्ट को मेनु सबै चाखे । बचत मात्र गर्न खोज्ने म , कसरी सबै खर्च गर्ने भन्ने सिके । उसो त तिम्रो आगमन पछी मैले मेरो बहिनी लाई सम्झिन थाले । म पनि अभिभाबक बन्नु पर्छ भन्ने सिके । तिम्रै आगमन ले हो मेरो जिवन कथा भएको छ । क्लब हाउस मा अरु को कथा सुन्ने म । आज मेरो कथा सुन्ने कोइ छैन । अब म सङ यो भन्दा बढी कथा झेल्न सक्ने सामर्थ छैन । प्यारी अब म यो भुगोल तिम्रो लागी छाडेर जादै छु । मेरो जिवन मा तिमी कहिले नआउनु ल ! कसैलाई भेट्ने सामर्थ थिएन । म अन्जान जस्तै सबै छाडेर जाने निधो गरे । जिवन भोग्न तिमी सँग को एक बर्ष छ महिना काफी थियो
लगातार एघार घण्टा को हिडाइ पछी ज्यान गलिसकेको थियो । निदाउने रात को प्रतिक्षामा आज दश दिन गैसकेछ । अब भोली बिहान बाट मेरो नयाँ यात्रा सुरु गर्नु छ । हिमाल को चुचुरो को एक असफल यात्री म । म असफल हुनु मा तिमी सँग को दुर्घटना कारण थियो ।
© उपन्यास को पान्डुलिपी -Janak Khadka
