उचाइ – समुद्र, उपन्यास को पान्डुलिपी

सुर्य ले हिमाल लाई सुन जस्तै पहेलो बनाएर सुरु भएको बिहानी । बग्न नसकेर बरफ भएका खोला, भर्खरै पग्लेर नदी बन्न सुर्य को प्रतीक्षा मा थिए । म उचाइ बाट बग्न खोजिरहेको थिए । जमेको बरफ मा सुर्य को किरण ले पग्लिए जस्तै । उचाइ मा पुगेर बस्न सकिदैन । उचाइ छेडिक हो । आखिर एक छिन को समय हो उचाइ । मान्छे लाई आफ्नो स्थान मा फर्किन पर्छ । जती नै सफलता भए पनी आफ्नो हैसियत बिर्सिनु हुँदैन भन्ने बुझ्न पहाड चड्ने गर्छ्न । सबै लाई बिर्सेर आज म फेरिएको छु । जहाँ बाट यात्रा सुरु गरेको थिए । अब मलाई त्यहाँ फर्किनु पर्छ । आज म मेरो जिवन को अन्तिम उचाइ मा छु । यहाँ सम्म पुग्नु मेरो सपना थियो । आज म मेरो हैसियत मा फर्किदै थिए । मेरो सम्बन्ध जस्तै जस्लाई मैले एक बर्ष मा सकाउदै थिए । अब म भोली बाट सम्झिने छैन । उचाइ देखी डर लागिसक्यो । उचाइ सजिलो छैन । क्यन्जिङ गुम्बा बाट लामा होटल आउँदा सम्म बाटोमा कोही भेटिएन । बाटोको सहयात्री खोला, जो म सँग प्रतिस्पर्दा मा थियो । जती ओरालो लाग्थियो खोला नदी बन्थियो । र मेरो मन पनि उति हलुङो हुँदै थियो । नदी को आफ्नै गती छ । हिजो म जती उचाइ चड्दै थिए । नदी उल्टो थियो । नदी लाई खोला बनाएर म सफलता भनेर चढिरहे । मेरो गन्तब्य थिएन सपना उचाइ थियो । जती खुड्किला चाल्दै थिए । परीस्थिती र मौसम बद्लिरहेको थियो । आज म नदी को गती मा छु । बगिरहनु नदी को बिषेशता हो । नदी कहिले फर्किदैन । हो, म र नदी अब कहिले फर्किने छैन । अनवरत यात्रा नफर्किने यात्रा । नदिले सबै भुलिसक्यो दुइ किनारा को माया, ढुङा र माटो सँग को ठेस र अब रहने छैन बलुवा सँग को माया । अब म पनी बिर्सिदै छु, हिजो को समय र सपना हरु । उचाइ लाई सपना मान्ने म, आज नदी लाई पछ्याइ सके । अब पुग्ने छु बिसाल समुद्र मा । हराउने छु । हिमाल बाट कन्चन बगेको म । म माथि मिसिने छ नुन अब हराउदै छ मेरो अस्थित्व ।

© उपन्यास को पान्डुलिपी -Janak Khadka

Leave A Comment

Recommended Posts